सुर्खेत । ‘जेनजी २.० कर्णाली’ले प्रादेशिक तथा जिल्लागत संरचना औपचारिक रूपमा घोषणा गरेको छ। मंगलबार र बुधबार वीरेन्द्रनगरमा भएको बृहत् छलफलपछि ‘न्याय, सुशासन र समृद्धिको लागि’ भन्ने मूल नारासहित प्रादेशिक समिति र कर्णाली प्रदेशका विभिन्न जिल्लाका समितिहरू सार्वजनिक गरिएको हो।
प्रादेशिक नेतृत्व चयन
‘जेनजी २.० कर्णाली’को प्रादेशिक संयोजकमा हिकमत जंग मल्ल चयन भएका छन्।
त्यसैगरी, संरक्षक डम्बर शाहू, सह–संयोजक मोहन थापा (काजी) र प्रवक्ता लक्ष्मी रोकाया रहनुभएको छ।
विभागीय नेतृत्व
संगठनले विभिन्न विभागसमेत गठन गरेको छः
-
कृषि विभाग – मोहन बहादुर शाही
-
आर्थिक तथा योजना – सूर्य विक्रम लामिछाने
-
खेलकुद विभाग – नविन बुढा
-
स्वास्थ्य विभाग – उपेन्द्र शाही
-
आईटी विभाग – मिलन शर्मा
प्रदेश समितिमा १३ सदस्यीय सचिवालय र ११ जना सदस्य रहेको संगठनले जनाएको छ।
जिल्लागत समिति घोषणा
सुर्खेत
-
संरक्षक: कसम जंग मल्ल
-
संयोजक: सुवास शाही
-
सह–संयोजक: समिर शाही
-
प्रवक्ता: विपना विश्वकर्मा
कालिकोट
-
संयोजक: महेन्द्र भारती
-
सह–संयोजक: सुनिल शाही
-
प्रवक्ता: सर्मिला शाही
जाजरकोट
-
संयोजक: युवराज शर्मा
-
सह–संयोजक: कैलाश शाह
-
प्रवक्ता: मिन कृष्ण विक्रम शाह
दैलेख
-
संयोजक: भुपेन्द्र खनाल
-
सह–संयोजक: कमल बोहरा
-
प्रवक्ता: नवराज वली
जुम्ला
-
संयोजक: श्री कृष्ण भण्डारी
-
सह–संयोजक: शक्ति सिंह रोकाया
-
प्रवक्ता: भुपेन्द्र भण्डारी
सल्यान
-
संयोजक: दिपक बस्नेत
-
सह–संयोजक: अनुराधा रिउते
-
प्रवक्ता: सावित्री वली
अन्य केही जिल्लामा संयोजक मात्र तोकिएको छः
-
हुम्ला – राजन शाही
-
मुगु – निरज शाही
-
डोल्पा – मोती बुढा
-
रुकुम पश्चिम – उमेश लामिछाने
संगठनका उद्देश्य र नीति
‘जेनजी २.०’ले आफ्नो प्रमुख एजेन्डामा निम्न विषयहरू समेटेको छः
-
जनआन्दोलन २०८२ को संरक्षण र संस्थागत विकास
-
सहिद परिवार र घाइते योद्धाबीच एकता
-
सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्ने सरकार स्थापना
-
राष्ट्रिय सभामा नयाँ पुस्ताको सहभागिता
-
भ्रष्टाचार नियन्त्रण आयोग गठन तथा निर्वाचन आयोग पुनर्गठन
-
सर्वदलीय सहमतिमा संविधान संशोधन
-
भयरहित तथा निष्पक्ष चुनावको वातावरण निर्माण
त्यसैगरी, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, राजतन्त्र वा गणतन्त्र, प्रदेश संरचना, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता र स्थानीय तहमा दलयुक्त वा निर्दलीय प्रणाली जस्ता मुद्दामा जनमत संग्रह आवश्यक रहेको संगठनको धारणा छ।
राष्ट्रिय संवादको आह्वान
संगठनले देशमा देखिएको राजनीतिक अन्योलताप्रति चिन्ता व्यक्त गर्दै सबै दल, समूह र अभियानलाई राष्ट्रिय संवादमा सहभागी हुन आग्रह गरेको छ। बयानमा जेनजी आन्दोलनलाई “नेपाली विशेषताको क्रान्ति” का रूपमा व्याख्या गर्दै पुनः सहमति, संवाद र समाधानतर्फ अघि बढ्न सबैलाई आह्वान गरिएको छ।
