२०८३ भाद्र २८ गते आइतवार

images

मन्त्रिपरिषद्को बैठकका ११ निर्णयहरु सार्वजिनक

मन्त्रिपरिषद्को बैठकका ११ निर्णयहरु सार्वजिनक

सहर्ष न्युज
बिहिवार, कार्तिक १४ २०८२
सहर्ष न्युज
बिहिवार, कार्तिक १४ २०८२
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ ।

    बिहिबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक १२  गते बुधबार बसेको मन्त्रिपरिषद्ले गरेका ११ निर्णय सार्वजनिक गरेका हुन् ।

    मन्त्रिपरिषद्ले  संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने ।  (पदाधिकारी तथा सदस्यको सचिवालयको दरबन्दी घटाइएको) निर्णय गरेको छ ।

    २०८२ मंसिर ६ देखि १३ गतेसम्म पेरूमा आयोजना हुने इन्टरनेसनल ट्रेटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फूड एण्ड एग्रिकल्चरको ओभर्निङ बडीको ११औँ अधिवेशनमा सहभागि हुन डा. गोविन्द प्रसाद शर्मालाई स्वीकृति दिने  निर्णय भएको सञ्चामन्त्री खरेलले बताए ।

    सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । साथै सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका लागि निर्वाचनको मिति तोकेको पनि उनले  जानकारी दिए ।

    यस्ता छन् अन्य निर्णयहरु

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend