२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • चेल्सीमाथि सन्डरल्याण्डको जित : स्ट्यामफोर्ड ब्रिजमा...

चेल्सीमाथि सन्डरल्याण्डको जित : स्ट्यामफोर्ड ब्रिजमा १-२ को रोमाञ्चक नतिजा

चेल्सीमाथि सन्डरल्याण्डको जित : स्ट्यामफोर्ड ब्रिजमा १-२ को रोमाञ्चक नतिजा

शनिवार, कार्तिक ९ २०८२
शनिवार, कार्तिक ९ २०८२
  • काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा शनिबार स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा सन्डरल्याण्डले घरेलु टोली चेल्सीलाई २-१ ले पराजित गरेको छ। खेलको चौथो मिनेटमै चेल्सीले अग्रता लिए पनि सन्डरल्याण्डले खेलको बाइसऔँ  मिनेट बराबरी गोल र दोस्रो हाफको अन्त्यतिर एक  गोल फर्काउँदै तीन अंक आफ्नो पोल्टामा पारेको हो।
    चेल्सीका लागि खेलको सुरुवात उत्कृष्ट रह्यो। पेड्रो नेटोको पासमा एलेजान्ड्रो गार्नाचोले मात्र चौथो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए। तर, बाइसऔँ मिनेटमा विल्सन इसिडोरले बराबरी गोल फर्काए। खेलको निर्णायक क्षण भने इन्जुरी समयको ९३औँ मिनेटमा आयो। वैकल्पिक खेलाडी चेम्सडाइन टाल्बीले ब्रायन ब्रोबीको असिस्टमा गोल गर्दै सन्डरल्याण्डलाई २-१ को जित दिलाए।
    चेल्सीले खेलभरि नै बलियो दबाब बनाएको थियो। उनीहरूले ९ कर्नर जिते भने सन्डरल्याण्डले मात्र १ वटा। रिस जेम्सले अधिकांश सेट पिसहरू डेलिभरी गरे। चेल्सीले ८ पटक टार्गेटमा प्रहार गरे – गार्नाचो (गोलसहित), मार्क गुइउ, ट्रेभो चालोबाह, टाइरिक जर्ज र विशेष गरी एनजो फर्नान्डेजले दोस्रो हाफमा तीन पटक टार्गेटमा हाने। तर, दोस्रो गोल गर्न असफल भए।
    यता, सन्डरल्याण्ड अत्यन्त क्लिनिकल देखियो। इसिडोरको बराबरी गोल र टाल्बीको विजयी गोलमा ब्रोबीको असिस्टले सन्डरल्याण्डको बेन्चको प्रभाव देखायो।
    यो जितसँगै सन्डरल्याण्ड ९ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। उनीहरूले चेल्सीलाई उछिन्दै गत हप्ताको जितलाई निरन्तरता दिएका छन्। चेल्सी भने ९ खेलबाट १४ अंकमा अडिएर लगातार दुई जितको लय तोडिएको छ।
    चेल्सीका लागि गार्नाचोको सुरुवाती गोल र फर्नान्डेजको अन्त्यतिरको सक्रियताले उनीहरूको खतरा देखाए पनि फिनिसिङमा कमीले महँगो साबित भयो। सन्डरल्याण्डको यो क्षणमा आएको स्टेटमेन्ट जितले उनीहरूलाई लिगको शीर्ष दौडमा बलियो दाबेदार बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend