२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया...

नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

बुधवार, कार्तिक ६ २०८२
बुधवार, कार्तिक ६ २०८२
  • काठमाडौं । सरकारले नेपाली नोटमा नेवाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ ।

    बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् ।
    सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले सम्बोधनको क्रममा गरेकी हुन् ।

    ‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
    ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधर सा:ख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए ।
    शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो ।

    सा:ख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्री कार्कीले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिल्ने बताइन् ।

    ‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले भनेकी छिन् ।

    सरकारी कार्यालयमा पनि नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन प्रधानमन्त्री कार्कीले दिएकी छिन् । साथै, उनले अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको पनि बताइन् ।

    ओ के बाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend