२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न...

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका छन् । सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गरेका हुन् । 

    नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताए । लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानुनले चलिरहेको छ । भइरहेको कानुन कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो । कुनै पूर्वाग्रह राखेर नभइ कानुन, प्रमण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गरे । 

    उनले भने, ‘पहिला पहिला आदेशले हुन्थ्यो । अहिले कानुनले हुन्छ । जे छ, कानुनबमोजिम हुन्छ । भइरहेको कानुन कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानुनले आफ्नो कार्ष लिन्छ । बढो अर्ग्यानिक वेमा हुन्छ अब । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानुन हेरिन्छ । उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरुले त्यही हेरेर काम गर्दछन् । जहाँ प्रमाण छ, जहाँ कानुनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ । यो सुशासनको मान्यता नै त्यही हो । फेयनेस, कानुनी आधार, प्रमाण चाहिन्छ, राज्य संयन्त्र त्यसैगरी चल्नुपर्छ । कानुनको अघि सबै समान हुन् । गल्ती गरेको छ भने सबै सजायको भागिदार हुनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत हुनुपर्छ । मान प्रतिष्ठा बढाइदिनुपर्छ । नेतृत्वमा पुर्‍याइदिनुपर्छ, राम्रो काम गर्नेलाई । इतिहासले सम्झिनुपर्छ । नराम्रो काम गर्नुभएको छ भने कानुनबमोजिम जानुपर्छ । गिरिबन्धु लगायतका प्रकरणमा उजुरी आउनुपर्छ । उजुरी अख्तियारमा पनि आउनुपर्‍यो । मान्छेहरु ठगिएका छन् भने प्रहरी प्रशासनमा ल्याइदिनुभयो भने, हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला ।’ मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी पनि गरे ।

    सक्रिय न्युजबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend