काठमाडौँ । अप्टिमिस्ट इन्टरनेसनलको एसिया जिल्ला गभर्नर पदमा नेपालका प्रताप बहादुर थापा वर्ष २०२५–२०२६ का लागि निर्वाचित भएका छन्।
सन् १९१७ मा अमेरिकाको मिसौरी राज्यमा स्थापना भएको अप्टिमिस्ट इन्टरनेसनलले समाजमा सकारात्मकता र आशावाद फैलाउने लक्ष्य राख्दछ। यस संस्थाले विश्वभर विभिन्न सामाजिक कार्यहरू मार्फत मानिसहरूलाई प्रेरित गर्ने काम गर्दै आएको छ।
एसिया जिल्लामा नेपालसहित भारत, बंगलादेश, जापान, थाइल्यान्ड र फिलिपिन्स गरी ६ वटा देश समावेश छन्। आगामी कार्यकालमा यो जिल्लाको नेतृत्व नेपालले गर्नेछ।
त्यस्तै, एसिया जिल्लाको सचिव पदमा पनि नेपालका विजय सत्याल चयन भएका छन्। सत्याल लामो समयदेखि कर्पोरेट क्षेत्रमा सक्रिय छन् र सामाजिक कार्यमा समेत योगदान पुर्याउँदै आएका छन्।
टक्सारन्युज बाट साभार
