काठमाडौं । यस वर्षको दसैँ पर्वमा देशभर मनसुनी वायुको प्रभाव कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै, मनसुन अझै नेपालबाट पूर्ण रूपमा बहिर्गमन नभएको जानकारी दिएको हो।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन वायुको प्रभाव केही कमजोर देखिए पनि देशभर मौसममा यसको असर अझै सक्रिय नै रहेको छ।
नेपालमा औसत रूपमा अक्टोबर २ तारिख (असोज १५) तिर मनसुन समाप्त हुने चलन भए पनि प्रत्येक वर्ष यो मिति केही फरक पर्ने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।
दसैँका मुख्य दिनहरूमा कस्तो रहनेछ मौसम ?
विभागले दसैँका मुख्य दिनहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ:
-
असोज १४ – अष्टमी : हल्कादेखि मध्यम वर्षा सम्भावित
-
बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग
-
कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरू
-
-
असोज १५ – नवमी : मौसमी वर्षा यथावत रहने अनुमान
-
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरू
-
-
असोज १६ – दशमी : हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
-
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग
-
मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थान
-
मौसम विभागले दसैँको समयमा यात्रा, टिका ग्रहण, जनप्रवास तथा धार्मिक गतिविधिहरू हुने भएकाले मौसमको जानकारी समयमै लिएर आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
