२०८३ भाद्र २७ गते शनिवार

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं ।  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार पूर्ण रूपमा बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार, जेन्जी आन्दोलनले काठमाडौंका विभिन्न स्थानहरूमा निरन्तर आगजनी गरेको र गोठाटार लगायतका क्षेत्रमा अन्य परिस्थितिहरूले हवाई सुरक्षालाई प्रतिकूल बनाएको कारण विमानस्थल बन्द गर्नुपरेको हो।

    आकाशमा रहेका विमानहरू अवतरण गरेपछि बाँकी सबै उडानहरू रद्द गरिएको छ। हाल विमानस्थलको सुरक्षा नेपाली सेनाले लिएको छ।

    जेन्जी आन्दोलनले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार, र सरकारको नीतिविरुद्ध प्रदर्शन तीव्र पारेको छ। सोमबार भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा १९ जनाले ज्यान गुमाएका थिए। काठमाडौंको बालकोट, कलंकी, कालिमाटी, र बानेश्वर क्षेत्रमा प्रदर्शनकारीहरूले सवारी साधनहरूमा तोडफोड र आगजनी गरेका छन्। बालकोटमा भएको गोलीबारीमा दुई जना घाइते भएका छन् भने कलंकीमा पनि प्रहरीले गोली चलाएको थियो। यी घटनाहरूले हवाई उडानका लागि आवश्यक सुरक्षा मापदण्ड कायम राख्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ।

    विमानस्थल परिसरमा आगजनी र धुँवाको प्रभावले उडान सञ्चालन असम्भव भएको छ। प्राधिकरणका अनुसार, गोठाटार नजिकैको क्षेत्रमा आगजनीले हवाई सुरक्षामा जोखिम बढाएको छ। नेपाली सेनाले विमानस्थलको सुरक्षा जिम्मा लिएको छ र थप अव्यवस्था रोक्न कडा निगरानी गरिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend