२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • काठमाण्डौं महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र अनिश्चितकालीन...

काठमाण्डौं महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र अनिश्चितकालीन कर्फयु आदेश जारी

काठमाण्डौं महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र अनिश्चितकालीन कर्फयु आदेश जारी

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौ।  काठमाण्डौं जिल्ला प्रशासन कार्यालयले काठमाण्डौं  महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान साढे ८ बजे देखि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गर्नुभएको हो ।
    सो क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न कुनैपनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फयु आदेश जारी गरिएको छ ।

    कर्फयु जारी भएका क्षेत्रहरु

    बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौसाला, चावहिल, नारायणगोपाल चोक, गंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पुर्ण भुभागमा कर्फयु आदेश जारी गरिएको छ ।

    सो अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, संचारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटका आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    download (1).jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend