काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूबाट प्रहरीले ४० भन्दा बढी जेनजी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार, ४० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ।
जेनजीहरूले सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, अशान्ति, र नेताहरू तथा तिनका सन्तानको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै सोमबारदेखि प्रदर्शन शुरू गरेका छन्।
प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा १९ जनाको मृत्यु भएको खबर छ। ३४७ जना घाइते भएका छन्।
