२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति...

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन अघि चीनको तियानजिनमा मोदी र जीङपीङबीच भेटवार्ता भएको हो ।

    भेटवार्तामा मोदीले गत वर्ष कजानमा धेरै फलदायी छलफल भएको उल्लेख गर्दै सो छलफलले भारत–चीन सम्बन्धलाई सकारात्मक दिशा दिएको बताए। साथै मोदीले सीमा विवादपछि अहिले दुवै देशबीच शान्तिपूर्ण वातावरण बनेको र द्विपक्षीय छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताए ।

    २०२० मा गलवान उपत्यकामा भारत(चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हो । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ । मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौँ भ्रमण हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend