२०८३ भाद्र २७ गते शनिवार

images

प्रधानमन्त्री ओली अस्वस्थ, औपचारिक कार्यक्रम स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ, औपचारिक कार्यक्रम स्थगित

बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरूले आराम गर्न सल्लाह दिएका छन् । उनको सचिवालयका अनुसार बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका थिए ।

    चिकित्सकको सल्लाहअनुसार उनले औपचारिक कार्यक्रम स्थगित गरी प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आराम गरिरहेका छन् ।

    ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अहिले सामान्य छ । सामान्य ज्वरो आएको थियो । त्यो पनि अहिले ठीक भइसकेको छ, तैपनि चिकित्सकको सल्लाहअनुसार केही दिन आराम गर्नुहुन्छ,’ सचिवालयले भन्यो । अस्वस्थ भएपछि प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने बुधबारको कार्यक्रम स्थगित गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend