काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा देशका २० वटा वाणिज्य बैंकहरूले ७१ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड रुपैयाँले नाफा बढेको हो।
२०७९/८० मा वाणिज्य बैंकहरूको कुल नाफा ४९ अर्ब ८७ करोड रुपैयाँ मात्र थियो। यसपटक चार बैंक बाहेक सबैको नाफा बढेको देखिन्छ।
सबैभन्दा धेरै नाफा गर्ने बैंक नबिल बैंक बनेको छ, जसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। अत्यधिक नाफा वृद्धिदर हासिल गर्नेमा प्रभु बैंक अगाडि रहेको छ, जसले ९६५ प्रतिशत नाफा वृद्धि गरेको छ। नेपाल बैंकको नाफा झनै चमत्कारीरूपमा १३,१७५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
यस्तो छ तथ्यांक

