२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

मंगलवार, श्रावण २८ २०८२
मंगलवार, श्रावण २८ २०८२
  • काठमाडौँ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदै छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । 

    नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा ९४० र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । साउन २० मा काँग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेश सभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।

    यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन काँग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ । गत साउन २४ मा सूचना जारी गर्दै दुवै पार्टी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend