२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • कर्णाली राजमार्गमा उच्च जोखिम, यात्रा गर्दा...

कर्णाली राजमार्गमा उच्च जोखिम, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

कर्णाली राजमार्गमा उच्च जोखिम, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

शुक्रवार, श्रावण २४ २०८२
शुक्रवार, श्रावण २४ २०८२
  • काठमाडौँ । वर्षातका कारण कर्णाली राजमार्ग उच्च जोखिममा छ । राजमार्गको दैलेख खिड्की जिउलादेखि कालीकोटको तिलागुफा नगरपालिकाको गाल्जे बजारसम्म उच्च जोखिममा छ । राजमार्ग उच्च जोखिममा रहेकाले सचेतपूर्ण तरिकाले यात्रा गर्न सुरक्षा निकायले सुझाव दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटले सूचना प्रकाशित गर्दै राजमार्गको खाँडाचक्र नगरपालिका– ३ को गल्लीमा पहिरो झरिरहेकाले सावधानीपूर्ण यात्रा गर्न अनुरोध गरेको छ । चट्टानी भाग पूरै फुटेकाले लगातार पहिरो झरिरहेको छ, अति आवश्यक भएमा मात्र यात्रा गर्न सुझाव दिएको छ ।

    यात्राको समयमा पहिरोको अवस्था हेरेर सचेतपूर्ण तरिकाले यात्रा गर्नु जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । राजमार्गको गगने खोला, कालेखोला, हुल्म बजार, गल्ली, गाल्जे लगाएतका ठाउँमा पहिरो झर्ने गरिरहेको छ । राजमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो झर्ने गरेको छ भने सडक हिलाम्मे भएकाले पनि वर्षातको समयमा राजमार्गको यात्रा कष्टपूर्ण छ ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर रावतले राजमार्ग लामो समय बन्द भने हुन नदिएको बताउनुभयो । ‘‘हामी निरन्तर सडक खुलाउने काममा भएकाले दिनको दुई चार घण्टा अवरोध हुन्छ त्यसपछि सडक खुलाएर यात्रुलाई गन्तव्य तर्फ पठाउने क्रम जारी छ’’ प्रमुख रावतले भन्नुभयो ।

    सडक विभागले पनि पहिरो पन्छाउने उपकरण स्काभेटर रोलरसहितका साधन परिचालन गरेको छ । प्रहरीले राजमार्ग केन्द्रित गस्ती गरेको छ । मानवीय साहयताले सकिने काम प्रहरी र यात्रु स्वयं लागेर गर्छन् । नसकिनेमा स्र्काभेटर प्रयोग गरेर भए पनि राजमार्ग बन्द हुन नदिएको प्रहरी प्रमुखले बताउनुभयो । दुई चार घण्टा बन्द हुनु वर्षातको समयमा पहाडी सडकको खासै अवरोध नभनौं । यस वर्ष बर्षात पनि खासै नभएकाले ठुलो पहिरो भने गएको छैन ।

    गोरखापत्रबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend