२०८३ श्रावण ११ गते सोमवार

images

भोटेकोशीमा भीषण बाढी, सतर्क रहन आग्रह

भोटेकोशीमा भीषण बाढी, सतर्क रहन आग्रह

बुधवार, श्रावण १५ २०८२
बुधवार, श्रावण १५ २०८२
  • काठमाडौँ । आज बिहान तीन बजेदेखि भोटेकोशीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।

    बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।

    बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ स्थित ‘त्रिशूली-काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend