२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • राज्यले निजी क्षेत्रलाई दु:ख दिने हैन,...

राज्यले निजी क्षेत्रलाई दु:ख दिने हैन, सहजीकरण गर्ने हो : प्रचण्ड

राज्यले निजी क्षेत्रलाई दु:ख दिने हैन, सहजीकरण गर्ने हो : प्रचण्ड

सोमवार, श्रावण ६ २०८२
सोमवार, श्रावण ६ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक बताएका छन् ।

    सोमबार नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारमा भएको भेटमा प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

    उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औंल्याए ।

    ‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘राज्यले दु:ख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’
    सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको उल्लेख गरे ।

    ओ के बाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend