२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • डा. शेखरसँगको भेटमा विद्या भण्डारीले राखिन्...

डा. शेखरसँगको भेटमा विद्या भण्डारीले राखिन् सहयोगको अपेक्षा

डा. शेखरसँगको भेटमा विद्या भण्डारीले राखिन् सहयोगको अपेक्षा

शुक्रवार, श्रावण ३ २०८२
शुक्रवार, श्रावण ३ २०८२
  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भण्डारी र कोइरालाको भेटवार्ता भएको हो ।

    नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरू निकट स्रोतले बताएको छ ।

    एक नेताले भने, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।

    बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार दिएका थिए ।

    प्रशासनबाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend