काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको भन्दै आलोचना भइराखेका बेला त्यसलाई सम्बोधन गर्न हालै लागु गरिएको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्ड राम्ररी पालना भए नभएको कडाइका साथ अनुगमन गरिने अधिकारीहरूले बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जानुअघि अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण र त्यस्तो परीक्षण गर्ने अस्पतालका लागि तोकिएको मापदण्डलाई हालै अद्यावधिक गरेको छ।
मन्त्रालयले 'वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२' मा संशोधन गरेको हो।
अधिकारीहरूले अनुगमन कार्यविधि संशोधनमार्फत् अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चित गर्न खोजिएको बताएका छन्।
