२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • बाम्का बजार आगलागी: राहत वितरण गर्न...

बाम्का बजार आगलागी: राहत वितरण गर्न बुढीगंगानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

बाम्का बजार आगलागी: राहत वितरण गर्न बुढीगंगानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

आइतवार, जेठ २६ २०८२
आइतवार, जेठ २६ २०८२
  • काठमाडौँ । बुढीगंगा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुन:स्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । गत शुक्रवार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब रु. १५ करोडभन्दा  बढी क्षति भएको बताइएको छ ।

    राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठनसमेत गरिएको छ ।

    शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुन:स्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुन:स्थापना गर्न बुढीगंगा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

    उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपाने) बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का (कुँवर), लगायत छन् । दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुन:स्थापनाका लागि स्थानीय तह, संघ, प्रदेश र संघसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताए ।

    एक लाख सहयोग

    बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले रु. एक लाख राहतस्वरुप सहयोग गरेको छ । बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई रु. एक लाख नगद हस्तान्तरण गरेको बुढीगंगा-६ का वडाध्यक्ष जैशीले बताए ।

    आगलागीपीडितका लागि राहत वितरण तथा पुन:स्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुख बोहराले बताए। विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए ।

    रा स सबाट साभार  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend