काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकिय अधिकृत गुरागाँइले जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए । पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए।
उनको जवाफ चित्तबुझ्दो नभएकाले पाण्डेलाई निलम्बन गरिएको हो ।
नगर प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेसंगै काठमाडौं महानगरपालिकाको निमित्त नगर प्रहरी प्रमुखमा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भएका छन् । यसमा आधिकारिता हुन बाँकी रहेको छ ।
