२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • समाज
  • राजावादीको आन्दोलनको मिति नजिकिदै गर्दा पूर्वराजा...

राजावादीको आन्दोलनको मिति नजिकिदै गर्दा पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीमा

राजावादीको आन्दोलनको मिति नजिकिदै गर्दा पूर्वराजा ज्ञानेन्द्र नारायणहिटीमा

सहर्ष न्युज
आइतवार, जेठ १२ २०८२
सहर्ष न्युज
आइतवार, जेठ १२ २०८२
  • काठमाडौं । राजावादीको आन्दोलनको मिति नजिकिदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा पुगेका छन् । आन्दोलनको मिति नजिकिदै गर्दा पूर्वराजा शाहको नारायणहिटी प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
    पूर्वराजा शाहले शनिबार साँझ नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा परिवारसहित पूजाअर्चना गरेका छन्।

    उनीसँग पूर्वरानी कोमल शाह, नाति हृदयेन्द्र शाह र डा. जगमान गुरुङ समेत सहभागी थिए। पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार, हृदयेन्द्रले हजुरआमा रत्न राज्यलक्ष्मीलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा परिवारसहित नारायणहिटी गएका हुन्।

    पाठकका अनुसार पूर्वराजा शाहको परिवारले उक्त मन्दिरमा नियमित रूपमा दर्शन तथा पूजाआजा गर्दै आएको छ। सर्वसाधारणका लागि समेत खुला रहेको यो मन्दिर नारायणहिटी दरबार संग्रहालय परिसरमै अवस्थित छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend