२०८३ श्रावण ११ गते सोमवार

images

"कृषि-खाद्य प्रणाली सुधारका लागि पानी"

"कृषि-खाद्य प्रणाली सुधारका लागि पानी"

बिहिवार, जेठ २ २०८२
बिहिवार, जेठ २ २०८२
  • काठमाडौँ। "कृषि खाद्य प्रणालीको रूपान्तरणको लागि पानी" विषयमा काठमाडौँको एभरेस्ट होटेलमा सम्मेलन जारी छ। 
    यो सम्मेलन जलस्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान र इन्जिनियरिङ अद्ध्यन संस्थानले संयुक्त रूपमा आयोजना गरेको हो र यसको उद्देश्य सिँचाइ तथा कृषि सहयोग मार्फत खाद्य प्रणाली सुधारमा पानीको भूमिका निर्धारण गर्नु हो।

    सम्मेलनमा ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, सिंचाई सचिव सरिता दवाडी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, लोक सेवा आयोगको माननिय सदस्य माधव बेलवासे, जल स्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका महानिर्देशक डा. मार्क स्मिथ र अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगका अध्यक्ष मार्को आर्चिएरीको उपस्तिथी रहेको छ।

    sinchai feature.jpg
    "ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का "

    सम्मेलनको प्राविधिक सत्रमा ‘खाद्य सुरक्षाका लागि सिँचाइ : अभ्यास र चुनौती’ विषयमा छलफल हुनेछ। यो सत्र नवीनचन्द्र अधिकारीले सञ्चालन गर्नेछन्। विज्ञ टीकाराम बराल, डा. मनोहरा खड्का, डा. विमला पौड्याल, डा. रामकृष्ण श्रेष्ठ, सुशील आचार्य, अन्तर्राष्ट्रिय सिँचाइ तथा निकास आयोगका उपाध्यक्ष डा. वाई. रेड्डी र नेपालस्थित एसियाली विकास बैङ्कका देशीय निर्देशक डा. अर्नाउड कोउकोइसले सहभागिता जनाउनेछन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend