२०८३ भाद्र २७ गते शनिवार

images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।बैठकमा सरकारका नियमित कामकाजसँगै सचिव बढुवादेखि गभर्नर सिफारिस समिति पुनर्गठनलगायतका विषयमा निर्णय हुने बताइएको छ। आजको बैठकले केही संवैधानिक पदमा नियुक्ति गर्न सक्ने प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।

    त्यस्तै, गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि नयाँ सदस्य थप्न लागिएको छ। पौडेल आफैँ गभर्नर बन्न राजीनामा दिएका हुन्। उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ।

    प्रशासनबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend