२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • हामीले संयम अपनाउन आग्रह गरेपछि भारत...

हामीले संयम अपनाउन आग्रह गरेपछि भारत र पाकिस्तान द्वन्द्व रोकियो: प्रधानमन्त्री ओली

हामीले संयम अपनाउन आग्रह गरेपछि भारत र पाकिस्तान द्वन्द्व रोकियो: प्रधानमन्त्री ओली

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानले दुवै पक्षलाई शान्त र संयम अपनाउन आह्वान गरेपछि र शान्तिको लागि प्रार्थना गरेपछि द्वन्द्व रोकिएको बताएका छन्।

    सोमबार २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    केही दिनअघि मात्र भारत र पाकिस्तानबीच युद्धको अवस्था सिर्जना भए पनि प्रधानमन्त्रीले यो पूर्ण स्तरको युद्धमा परिणत नभएको बताए।

    भारत र पाकिस्तान युद्धविराम सम्झौतामा पुगेको भन्दै प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा दुवै देशलाई धन्यवाद दिए।

    “भारत र पाकिस्तानले दिनभरि हमला गरे पनि युद्धमा परिणत भएन। म दुवै देशलाई संयम अपनाएकोमा धन्यवाद दिन चाहन्छु। हामीले प्रार्थना गरेका थियौं कि यो परिस्थिति युद्धमा परिणत नहोस्,” प्रधानमन्त्री ओलीले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend