२०८३ भाद्र २७ गते शनिवार

images

भारत-पाकिस्तान तनाव : समयरेखा

भारत-पाकिस्तान तनाव : समयरेखा

आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौँ । शनिबार युद्धविराम घोषणा हुनुभन्दा अघि भारत र पाकिस्तानबीच भएको छोटो द्वन्द्वमा के के भयो भन्ने कुरा यहाँ जानकारी दिइएको छ:

    अप्रिल २२: भारत प्रशासित कश्मीरको पहलगाममा बन्दुकधारीहरूले २६ जनाको हत्या गरे, जसले गर्दा क्षेत्रीय द्वन्द्व सुरु भयो।

    अप्रिल २३: भारतले आक्रमणलाई समर्थन गरेको आरोप लगाउँदै पाकिस्तानसंग कूटनीतिक सम्बन्ध घटायो, सीमा बन्द गर्‍यो र पाकिस्तानसँगको प्रमुख जल सन्धि निलम्बन गर्‍यो। पाकिस्तानले आरोप अस्वीकार गर्‍यो।

    अप्रिल २४: भारत र पाकिस्तानले एकअर्काको नागरिकको भिसा रद्द गर्‍यो। पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीय सञ्चालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्‍यो।

    अप्रिल २५: भारतले नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सैनिकहरूसँग गोली हानाहान भएको बतायो।

    मे ३: पाकिस्तानले ४५० किलोमिटर (२८० माइल) को दूरी भएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्‍यो। भारतले पाकिस्तानी झण्डाधारी जहाजहरूलाई आफ्ना बन्दरगाहहरूमा प्रवेश गर्नबाट रोक लगायो र आफ्ना जहाजहरूलाई पाकिस्तानी बन्दरगाहहरूमा जानबाट रोक लगायो।

    मे ७: भारतले पाकिस्तानमा रहेको " (terrorist infrastructure) आतंकवादी पूर्वाधार " मा आक्रमण गर्‍यो। इस्लामाबादले यो हमलाको निन्दा गरि यसलाई "एक्ट अफ वार" भएको घोषणा गर्दछ , आक्रमणमा २६ जना सर्वसाधारण मारिएको बताईएको छ। धेरै भारतीय लडाकु विमानहरू खसालेको दाबी गर्दै पाकिस्तानले बदला लिने वाचा गर्‍यो ।

    मे ८: इस्लामाबादले आफ्नो वायु रक्षा प्रणालीलाई लक्षित गरेको आरोप लगाउँदैभारतले पाकिस्तान विरुद्ध ड्रोन आक्रमण गर्‍यो ।

    मे ९: भारतले आफ्नो सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता आईपीएल एक हप्ताको लागि स्थगित गर्‍यो।

    मे १०: दुई देश बीच तनाब जारी रह्यो। भारतले देश भित्रका हवाई अड्डाहरूमा प्रहार गरेपछि पाकिस्तानले बदला लिन भारत माथि हमला गरेको बतायो।

    मे १०: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँझ सामाजिक सञ्जालमा भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको पोस्ट गरे। दुवै देशका अधिकारीहरूले सम्झौताको तुरुन्तै पुष्टि गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend