२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • २ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य लिएर...

२ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य लिएर "चनौटे-भच्चेक" सडकको शिलान्यास

२ वर्षभित्र कालोपत्र गर्ने लक्ष्य लिएर "चनौटे-भच्चेक" सडकको शिलान्यास

शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • काठमाडौँ । अजिरकोट गाउँपालिकास्थित चनौटे–ढिस्का–भच्चेक सडकको निर्माण सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत अजिरकोट–५ को ढिस्कादेखि वडा नम्बर-३ को भच्चेक बजार जोड्ने १४.३० किलोमिटर सडक निर्माण सुरु गरिएको हो । दुई वर्षभित्र कालोपत्रे सक्ने लक्ष्य लिइएको छ ।

    गाउँपालिकाको केन्द्र भच्चेक पुग्ने उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरे ।

    ४४ करोड ३६ लाख २४ हजारको लागतमा सडक कालोपत्र गर्ने गरी ठेक्का लागेको छ भने सडक निर्माणको जिम्मा एमएस खड्का/नव कान्तिपुर जेभीले पाएको छ ।

    २०८२ वैशाख २१ गते ठेक्का सम्झौता गरी निर्माण सुरु भएको सडकको काम २०८४ असार २५ भित्र सम्पन्न गर्ने ठेक्का सम्झौतामा उल्लेख छ । सडकका लागि चालु आ र्थिक वर्ष २० करोड रकम विनियोजन भएको कार्यालयले जनाएको छ । उक्त सडकको ट्र्याक २०६५ सालमा खुलेको थियो । ट्र्याक खुलेको झन्डै १७ वर्षपछि सडक कालोपत्र हुन लागेको हो ।

    कालोपत्रका लागि सडक चौडा पार्ने, पक्की नाली, टेवा पर्खाल, आरसीसी ढलान लगायतका काम हुनेछन् । ठेक्का सम्झौताको अवधिभित्रै सडक निर्माण सम्पन्न गर्न र गुणस्तरीयतामा ध्यान दिन मुख्यमन्त्री पाण्डेले आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend