२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद थप गर्ने तयारी

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद थप गर्ने तयारी

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौँ। १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंविद्ध म्याद थप गर्ने तयारी र ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।

    १४ वैशाखमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
    तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।
    मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईँलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

    प्र न्युजबाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend