२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • ‘रवि लामिछाने उच्च मनोबलका साथ न्यायको...

‘रवि लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’-हृदयश त्रिपाठी

‘रवि लामिछाने उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ’-हृदयश त्रिपाठी

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौँ । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटघाट गरेका छन् । उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए । त्रिपाठीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि प्रतिशोधका शिकार भएको बताएका छन् ।

    ‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन्। ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीँ-चेतना भया ।’

    त्रिपाठीको यो स्टाटसमा प्रतिक्रिया जनाउँदै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले धन्यवाद दिएका छन् ।

    प्रशासन न्युजबाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend