२०८३ भाद्र २७ गते शनिवार

images

रातो मच्छिन्द्रनाथको रथ गाबहाल पुर्‍याइँदै

रातो मच्छिन्द्रनाथको रथ गाबहाल पुर्‍याइँदै

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौँ । वर्षा र सहकालको देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तानेर आज (बिहीबार) पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै छ । पर्सि (शनिबार)  गाबहालबाट तानेर मंगलबजारसम्म पुर्‍याउने परम्परा छ । 

    अक्षय तृतीयको भोलिपल्टबाट रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु हुन्छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १६८२ वर्ष पुरानो मानिन्छ ।

    रातो मच्छिन्द्रनाथको रथलाई तानेर जहाँ पुर्‍याइन्छ सोही क्षेत्रमा जात्रा मनाउने परम्परा छ । मंगलबजारबाट सुन्धारा हुँदै नगरका विभिन्न क्षेत्रमा तान्दै रथलाई लगनखेल पुर्याइन्छ । लगनखेल पुर्‍याएको चौथो दिनमा नरिवल खसाल्ने जात्राका रूपमा मनाइन्छ । त्यसपछि रथलाई महिलाहरूले मात्र तान्ने परम्परा छ । यसलाई एकल महिला जात्रा पनि भन्ने गरिन्छ ।

    रथलाई महिलाहरूले तानेर इतिस्टोलको चार दोबाटो पुर्‍याइन्छ । त्यसपछि शुभ साइत पारेर रातो मच्छिन्द्रनाथको रथलाई पाटनको इतिस्टोलबाट तानेर जाउलाखेल पुर्‍याइन्छ र त्यसको चौथो दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने गरिन्छ ।

    एस न्युजबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend