२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • रेशम चौधरी प्रज्ञा भवन कमलादी परिसरबाट...

रेशम चौधरी प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ

रेशम चौधरी प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौँ । टीकापुर काण्डका प्रमुख आरोपी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

    जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रमकै बीच सादा पोसाकमा रहेका प्रहरीले प्रज्ञा भवन कमलादी परिसरबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणको कारण नखुले पनि उनलाई डिल्लीबजार कारागार लगिएको छ ।

    राष्ट्रपतिबाट २०८० जेठ १५ गते कैद मिनाहा पाएर जेलमुक्त भएका चौधरीलाई अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

    नेता-कार्यकर्ताहरु दुई दलबीचको एकता कार्यक्रम उपस्थित भइसकेका छन् । यसैबीचमा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि कार्यक्रम हुने/नहुने अन्योलमा छ ।


    एस न्युजबाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend