२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • लिभरपुलको कीर्तिमानी २०औं टाइटल ; एनफिल्डमा...

लिभरपुलको कीर्तिमानी २०औं टाइटल ; एनफिल्डमा उत्साहजनक उत्सव

लिभरपुलको कीर्तिमानी २०औं टाइटल ; एनफिल्डमा उत्साहजनक उत्सव

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौँ। लिभरपुलले टोटनह्यामलाई ५-१ ले हराउँदै आइतबार इङ्ग्लिश प्रिमियर लिगको उपाधि जितेको छ साथमा कीर्तिमानी २०औं इंग्लिस शीर्ष टाइटलको ताज हात परेको छ।

    खेलको १२औ मिनेटमा पछि परेको लिभरपुलले ६०,००० भन्दा बढी दर्शकहरूको ऊर्जालाई सदुपयोग गर्दै, खेलमा प्रभुत्व जमाउन १६औ मिनेटमा नै लुइस डियाजले गोल गरि खेल बराबरी गरेका थिए। आर्ने स्लटका खेलाडीहरूले त्यस पछि खेल पुरै नियन्त्रणमा गरेका थिए।
    लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक-एक गोल गरे । टोटनहमले एक आत्मघाती गोल उपहार दिएका थिए ।

    टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।

    liverpool celebration.jpg
    लिभरपुलका खेलाडी खुशी मनाउदै 

    दोस्रो स्थानको आर्सनलले अब लिभरपुललाई भेट्ने सक्ने छैन भने अब इङ्लिस फुटबलमा लिभरपुलले सबैभन्दा धेरै शीर्ष लिग उपाधिहरूसहित चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको छ।

    यो प्रिमियर लिग युगको लिभरपुलको दोस्रो उपाधि हो, र प्रशंसकहरूको अगाडि उत्सव मनाएको पहिलो - २०२० को विजय कोभिड-१९ प्रतिबन्धका कारण लगभग खाली रंगशालामा भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend