काठमाडौं । निर्वाह भत्ता कार्यावन्यनका लागि सरकारलाई एक महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार पानीमा रुझ्दै र्याली निकालेका छन् ।
अहिले माइतीघर मण्डलाबाट चिकित्सकहरू बिजुली बजारको पुलसम्म र्याली निकालेर अगाडि बढिरहेका छन् ।
आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले पानीमा भिज्दै र्याली निकालिरहेको बताए ।
आइतबार देशभरिका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवासीय चिकित्सक सँगै वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक संघका पदाधिकारी उपस्थित छन् ।
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् ।
बिरामी भर्ना गरेर राख्नुपर्ने इन प्यासेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवासीय चिकित्सकले बढी समय ड्युटी गर्नुपर्छ । उनीहरूले सेवा बहिष्कार गर्दा स्वास्थ्य सेवामा असर परिरहेको छ ।
