२०८३ भाद्र २९ गते सोमवार

images

शिक्षक र प्रहरीबीच झडप

शिक्षक र प्रहरीबीच झडप

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२

  • काठमाडौँ । आफ्ना विभिन्न मागहरू राख्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीबीच आज (आइतबार) झडप भएको छ। नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्दा स्थिति तनावपूर्ण बनेको हो।

    शान्तिपूर्ण रूपमा आन्दोलन गर्दै आएका शिक्षकहरू आज बिहान बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए। तर उनीहरूले निषेधित क्षेत्र पार गर्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा अवस्था बिग्रिएको हो। प्रहरीको बल प्रयोगपछि आन्दोलनकारीहरूले ढुंगामुढा गरेपछि स्थिति झनै उत्तेजित भएको थियो।

    प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहरा प्रयोग गरेको थियो भने केही शिक्षक घाइते भएको जानकारी प्राप्त भएको छ।

    प्रदर्शनमा सहभागी शिक्षकहरुले आन्दोलनमा घुसपैठ भएको दाबी गरेका छन्। ‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं, तर केही समूहले घेरा तोड्न खोजेपछि झडप सुरु भयो,’ उनले भने, ‘त्यसपछि प्रहरीले पानीको फोहोरा प्रयोग गर्‍यो र केही साथीहरू घाइते भए।’

    देशभरका सरकारी विद्यालयका शिक्षकहरूले लामो समयदेखि सेवा शर्त लगायतका माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन्। हाल बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ भने प्रदर्शनकारीहरू केही हदसम्म तितरवितर भएका छन्।

    साभार एस एन न्युज 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend