२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • एमालेको शक्ति प्रदर्शन ; भृकुटीमण्डपमा आज...

एमालेको शक्ति प्रदर्शन ; भृकुटीमण्डपमा आज ‘युथ सेलिब्रेसन’

एमालेको शक्ति प्रदर्शन ; भृकुटीमण्डपमा आज ‘युथ सेलिब्रेसन’

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौँ । सत्तारूढ नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्दैछ। युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।

    ‘युथ सेलिब्रेसन’मा सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।

    कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ। लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्न आयोजना गरिएको कार्यक्रममा सातै प्रदेशबाट युवाहरुको सहभागिता रहनेछ। एमालेले यो कार्यक्रम लोकतन्त्रप्रति युवाहरूको समझदारी बढाउने र पार्टीको शक्ति प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेको बताइएको छ। कार्यक्रममा सहभागी युवाहरू ठाउँठाउँमा भेला हुन थालेका छन्। 

    सुरक्षाका लागि काठमाडौं उपत्यकामा प्रहरीको उपस्थिति पनि बाक्लिएको छ। युथ सेलिब्रेसनमार्फत एमालेले आगामी दिनमा युवा शक्ति संगठित गर्ने तथा राजनीतिक परिचालनमा सक्रिय बनाउने संकेत दिन खोजेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend