२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • प्रहरीमा एआइजी बढुवा विलम्ब : ६...

प्रहरीमा एआइजी बढुवा विलम्ब : ६ वटा विभाग डिआइजीको भरमा

प्रहरीमा एआइजी बढुवा विलम्ब : ६ वटा विभाग डिआइजीको भरमा

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । नेपाल प्रहरीमा ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी खाली भएको महिना बिति सक्यो। उच्च प्रहरी अधिकृतहरू चैत ४ देखि निवर्तमान आईजीपी वसन्त कुँवरसँगै अवकाशमा गएका हुन् । एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ कुँवरसँगै अवकाशमा गएका हुन् । 

    त्यस यता नेपाल प्रहरीका महत्त्वपूर्ण छ वटा विभाग झन्डै एक महिनादेखि सेकेन्ड इन कमान्डले ( डिआइजी ) नेतृत्व गरिरहेका छन् । प्रहरीमा एआइजी बढुवा विलम्ब हुँदा मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरो प्रहरी नायब महानिरीक्षक (डिआइजी) को भरमा पुगेका हुन् । 

    digs.jpg
    क्रमस चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी

    एआईजीको रिक्त दरबन्दीमा बढुवाको तीव्र प्रतिस्पर्धा देखिएको छ । एआईजी हुने प्रतिस्पर्धामा प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend