२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • शिक्षक महासंघको प्रतिक्रिया : सरकारको विश्वास...

शिक्षक महासंघको प्रतिक्रिया : सरकारको विश्वास छैन

शिक्षक महासंघको प्रतिक्रिया : सरकारको विश्वास छैन

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  •  

    काठमाडौं । आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले भने विश्वास नरहेको प्रतिक्रिया दिएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न भन्दै संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । त्यसका साथै माग पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै शिक्षकलाई फर्किन आग्रह गरेको थियो ।

    सरकारको निर्णयप्रति शिक्षक आन्दोलनको नेतृत्व गरेको महासंघले भने अविश्वास गरेको छ । सरकारले आफूहरूलाई रित्तै घर फर्काउन खोजिरहेको बताउँछिन् महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटी संयोजक नानुमाया पराजुली ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू शैक्षिक हड्ताल गरेर दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

    शिक्षकको आन्दोलनका कारण नयाँ भर्ना अभियान प्रभावित भएको छ । आन्दोलनको टुंगो नलागे माध्यामिक शिक्षा परीक्षाको नतिजाका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने निश्चित छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend