२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • प्रधानमन्त्री ओलीले दमकमा जागरण सभा सम्बोधन...

प्रधानमन्त्री ओलीले दमकमा जागरण सभा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले दमकमा जागरण सभा सम्बोधन गर्ने

शनिवार, चैत्र २९ २०८१
शनिवार, चैत्र २९ २०८१

  • काठमाडौँ । संघीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोसी प्रदेशले दमकमा आज जनजागरण सभा गर्दै छ। आज हुन लागेको विशाल जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न लागेको हुन् । लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलकाविरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभाको तयारी पुरा भएको छ ।

    दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् ।

    एमालेले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

    यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए । 

    एन ओ एन बाट साभार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend