२०८३ भाद्र २७ गते शनिवार

images

शिक्षकहरूद्वारा काठमाडौंमा विरोध प्रदर्शन

शिक्षकहरूद्वारा काठमाडौंमा विरोध प्रदर्शन

आइतवार, चैत्र २३ २०८१
आइतवार, चैत्र २३ २०८१

  • शुक्रबार, तत्कालीन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रदर्शनकारीहरूलाई वार्तामा आमन्त्रित गरे, तर महासंघले त्यसलाई अस्वीकार गर्यो। सिंहसँगै गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई र सत्तारुढ दलका सांसदहरू आन्दोलनकारीहरू वार्ताको लागि आउने प्रतीक्षामा थिए। तर शिक्षकहरू देखा परेनन्।

    काठमाडौं । सरकारले पटक पटक संवादको लागि गरेको आह्वानलाई बेवास्ता गर्दै, हजारौं शिक्षकहरू नयाँ विद्यालय शिक्षा ऐनको माग गर्दै सडकमा उत्रिरहेका छन्।

    शिक्षक महासंघ नेपालको ब्यानरमा एकताबद्ध शिक्षकहरूले बुधबारदेखि सामूहिक प्रदर्शन सुरु गरेका हुन् । डेढ वर्षभन्दा बढी समयदेखि सदन समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई अनुमोदन नगरी मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन स्थगित गरेपछि यो कदम चालिएको हो। विरोधको पहिलो दिन शिक्षा मन्त्रालयले महासंघलाई वार्ताको लागि आमन्त्रित गरेको थियो।

    teacher 1 front.jpg

    तर महासंघले वार्तामा बस्न अस्वीकार गर्‍यो। उनीहरूले सम्झौताहरू सहित नयाँ ऐन मात्र चाहेकोले वार्ता गर्नुको कुनै अर्थ छैन भन्ने तर्क गर्दै वार्तामा बस्न अस्विकार गरेका हुन।    

    आन्दोलनरत शिक्षकहरूले अघि सारेका अन्य मागहरू मासिक तलब र निजामती कर्मचारी सरह तलब सुविधा सुनिश्चित गर्नु हो।
    यसबाहेक, उनीहरूले सेना अस्पताल, प्रहरी अस्पताल र निजामती सेवा अस्पताल जस्तै शिक्षकहरूका लागि पनि अस्पतालको माग गरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend