२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार...

रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार मात्रै अदालत पेस गरिने

रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार मात्रै अदालत पेस गरिने

शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१
  •  

    काठमाडौँ : रवि लामिछानेलाई भैरहवा लगिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा लागिएको  हो ।

    शुक्रबार राति घरबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । उनलाई हिजो राति जिल्ला प्रहरी परिसर, काठमाडौँकै हिरासतमा राखिएको थियो ।

    सहकारी ठगीको मुद्दा खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा बाहिरै बसेर मुद्दा लड्ने आदेश दिएको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

    शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले लामिछानेलाई सोमबार मात्रै अदालतमा पेस गरिने रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend