२०८३ भाद्र २८ गते आइतवार

images

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने

शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१

  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने स्पष्ट गरेका छन्।

    शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मोदीको अनुपस्थितिबारे जानकारी गराएका हुन्।

    उनका अनुसार शुक्रबार बैंककमा भएको दुई नेताबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सगरमाथा संवादका लागि मोदीलाई निमन्त्रणा दिएका थिए। तर मोदीले व्यस्त कार्यक्रमका कारण उक्त संवादमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए।

    प्रधानमन्त्री ओलीले भारत र नेपालबीचको आपसी सम्बन्ध बलियो रहेको र दुवै देशबीच नियमित संवाद भइरहने पनि उल्लेख गरेका छन्।

    यस वर्षको सगरमाथा संवाद आगामी जेठ महिनामा काठमाडौंमा आयोजना हुने तय गरिएको छ।

    सक्रिय न्युजबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend