२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • फरार रहेका दुर्गा प्रसाईं : गोली...

फरार रहेका दुर्गा प्रसाईं : गोली हान्ने आदेश आएपछि म भागेँ

फरार रहेका दुर्गा प्रसाईं : गोली हान्ने आदेश आएपछि म भागेँ

आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना भएको र गोली हान्ने योजना समेत रहेकाले शुक्रबार ज्यान जोगाउन प्रहरीको घेरा तोडेको जानकारी दिएका छन् । सामाजिक संजाल मार्फत प्रसाईंले आफ्ना कुराहरु प्रस्तुत गरेका छन् ।

    तिनकुनेको छतमा आफुलाई मार्न शार्प शूटर बसिरहेका उनले बुझेका थिए । तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई पेल्दै अघि बढेका थिए । सो कार्येले भिडलाई निकै उक्साएको थियो ।

    उनले भिडिओ मार्फत प्रहरीसँग माफी पनि मागेका हुन् । आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको र प्रहरी प्रति लक्षित कुनै दुष्मनी नरहेको कुरा उनले भिडिओमा बताएका छन् । "तपाईंहरूलाई पर्न गएको चोटमा म क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।  

    तिनकुनेमा पुग्दा आफ्नो कानको छेउबाट गोली गएको कुरा पनि उल्लेख गरेका छन्। साथै आफ्नै गाडीमा अश्रुग्यास उत्रिएपछि सुरक्षित रहन उनले प्रहरीको घेरा तोडेको बताएका छन्। उनले आफू काठमाडौंमै एउटा मन्दिरमा बसिरहेको बताएका छन् । ‘म काठमाडौंमै छु, काठमाडौंकै एउटा मन्दिरमा बसेको छु,’ प्रसाईंले भनेका छन् ।

    प्रहरीले अहिले पनि उनलाई खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend