काठमाडौँ । नेपाल प्रहरीले सबै सर्वसाधारणलाई तिनकुनेमा भएको घटनाको भिडियो तस्बिर पठाएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ। गत शुक्रबार भएको राजतन्त्र समर्थक समूहको प्रदर्शन बिथोलिएपछि छरिएर रहेको समूहले सुरक्षा गार्डमाथि शारीरिक आक्रमण गर्दै भाट-भटेनी सुपरस्टोरमा प्रवेश गरेको थियो। राजतन्त्र समर्थक प्रदर्शनकारीहरूले काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका थिए। प्रदर्शनकारीहरुले सामान लुट्ने, भत्काउने, बिगार्ने र केही सामानहरूमा आगो पनि लगाएका थिए।

काठमाडौँको सिनामंगल, कोटेश्वर, जडीबुटी, तिनकुने लगायतका विभिन्न क्षेत्रहरुमा निजि सम्पति, कार्येलय, संचार गृह, ब्यापारिक केन्द्र लगायत निजि तथा सरकारी सवारी साधानहरुमा तोडफोड, आगजनी, लुटपाट गर्ने एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा सामेल व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि तथ्यपरक सूचना ( फोटो - भिडियो ) उपलब्ध गरी अनुसन्धानमा सहयोग गर्न नेपाल प्रहरीले आग्रह गरेका छन्।
