२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • ‘होली सररर’ गीत सार्वजनिक, आर्यन सिग्देल...

‘होली सररर’ गीत सार्वजनिक, आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्य

‘होली सररर’ गीत सार्वजनिक, आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्य

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २३ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २३ २०८१
  • बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गते युट्युबमा रिलिज गरिएको हो ।

    गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रमाइलो लय तथा तराई-मधेसको होली पर्वलाई झल्काउने शब्द समावेश छन् । गीतमा संगीत र शब्द स्वयं गायककै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।

    म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक स्वयंको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाईं र नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।

    गायक रुद्रसेन भन्छन्, "यो गीतले होलीको माहोललाई अझै रोमाञ्चक बनाउनेछ ।"

    उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 👇
    https://youtu.be/BLb29WdRlb4?si=AgxSh--o_KdcYA-U

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend