काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अगाडि संघीय सरकारले ‘घुडा टेके’को छ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियुक्तीको विषयलाई लिएर मेयर साहको अगाडी संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘घुडा टेकेको’ हो । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर गराउन पत्र लेख्दै काठमाडौं महानगरलाई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको हो । तथापी मेयर साहले गुरागाईलाई हाजिर नगराउने महानगर उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयले लेखेको पत्रमा भनेको छ ‘महानगरपालिकाका प्रमुख पशासकीय अधिकृत श्री सरोज गुरागार्ई (क्र.सं.नं. १७२७७६) ले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथजा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाईदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नु भएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’
पत्रमा महानगरसँग संघीय मन्त्रालय समेत झुकेको हो की जस्तो भान हुन्छ ।
‘मन्लाय यति झुक्दा समेत बालेनले यो बिषयमा ‘कम्प्रोपाइज’ गर्न अवस्था नरहेको उक्त स्रोतले दाबी गरेको छ । बालेनले नयाँ र आफूले भनेजस्तो प्रमुख प्रशासकीय अधिकृत नपाए अझै यो विषयमा कम्प्रामाइज नगर्ने उनको भनाई छ ।
'सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई नपठाएर कर्मचारीको पेटलाई भोको बनाई रहेको' केही दिन मात्रै बालेनले आरोप लगाएका थिए । उनको यो अभिव्यक्तिको विषयलाई लिएर सरकारमा रहेको दल र सरकारमा रहेकाहरुसँग बालेनको दोहोरी नै चलिरहेको थियो ।
सरकार र बालेन कसले कसलाई घुँडा टेकाउने भन्ने विषयमा आ–आफ्नै हठ र अडान भइरहेको बेला बरु उल्टै प्रमुख प्रशासकीय अधिकृतलाई सहजीकरण गरिदिनु भनेर आदेशको साटो मन्त्रालय गलेर अनुरोध गरेको हो ।
