२०८३ भाद्र २७ गते शनिवार

images

न्युजिल्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा

न्युजिल्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा

बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१

  • न्युजिल्यान्ड ३६२/६  (रविन्द्र १०८, विलियम्सन १०२, मिचेल ४९) (एनगिडी ३–७२, रबाडा २–७०)
    दक्षिण अफ्रिका ३१२/९  (मिलर १००*, भान डर डसेन ६९, ) (मिचेल सान्टनर ३-४३, ग्लेन फिलिप २-२७, हेनरी २ -४३ ) 

    काठमाडौँ। आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमीफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक स्कोर बनाएर लाहोरमा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेपछि न्युजिल्याण्ड आइसीसीको एकदिवसीय ढाँचामा चौथो पटक फाइनलमा प्रवेश गरेको हो। 

    k williamson.jpg 2.jpg
    शतकको खुशी @ केन विलियमसन

    सुरुमा ब्याटिंग गर्न उत्रेको न्युजिल्याण्डका लागि केन विलियमसनले दक्षिण अफ्रिका विरुद्ध लगातार आफ्नो तेस्रो शतक बनाए र डेरिल मिचेल र ग्लेन फिलिप्सले क्रमशः ३७ र २७ बलमा ४९-४९ रन बनाए। रचिन रविन्द्रले आफ्नो पाँचौं एकदिवसीय शतक बनाए जसले गर्दा न्युजिल्यान्डले ६ विकेटमा ३२६ रन बनाउन सफल रह्यो। दक्षिण अफ्रिकाका लागि एनगिडी ३ र रबाडा २ विकेट लिए।  

    rachin.jpg
    आइसीसी इभेंटमा रचिनको ५औ शतक


     बिशाल लक्ष्य चेज गर्ने क्रममा दक्षिण अफ्रिकाले सुरुमै आफ्ना ओपनर रायन रिकेल्टनलाई गुमायो। न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले ४३ रनमा ३ विकेट लिए। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमा पनि उनकै शिकार रहे। ६ विकेट गुमाई सक्दा दक्षिण अफ्रिकालाई अन्तिम १५ ओभरमा १७० रन चाहिएको थियो। त्यहाँबाट खेल पुरै न्युजिल्याण्डको पक्षमा रह्यो। खेल प्रतिस्पर्धात्मक रूपमा समाप्त भइसकेको थियो, जब डेभिड मिलर ५२ रनमा ब्याटिङ गरिरहेका थिए। अन्तिम तिन ओभरमा उनको साथका लागि ११औ स्थानका ब्याट्सम्यान लुंगी एनगिडी मात्र थिए । तर मिलरले पुरै १८ बल खेलेर आफ्नो शतक पुरा गरे। अनन्त न्युजिल्यान्डले आफ्नो स्कोरको रक्षा गर्दै फाइनलमा पुग्यो।

    millar.jpg
    डेभिड मिलरले इनिङको अन्तिम बलमा शतक पूरा गरे

    आफ्नो कमान्डिङ जितपछि आइतबार दुबईमा हुने फाइनलमा न्युजिल्यान्डले भारतसँग खेल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend