२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • आईसीसी च्याम्पियन्स ट्रफी: भारत फाइनलमा प्रवेश;...

आईसीसी च्याम्पियन्स ट्रफी: भारत फाइनलमा प्रवेश; अष्ट्रेलिया घर फर्कियो

आईसीसी च्याम्पियन्स ट्रफी: भारत फाइनलमा प्रवेश; अष्ट्रेलिया घर फर्कियो

मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौँ ।  आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमीफाइनलमा भारतले अष्ट्रेलियालाई विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। दुबईको दुबई अन्तरास्ट्रिय स्टेडियममा भएको खेलमा टस जितेर अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ब्याटिंग लिएका थिए । अष्ट्रेलियाले ४९.४ ओभरमा आफ्नो सम्पुर्ण विकेट गुमाई २६४ रन बनाएको थियो ( स्टिभ स्मिथ ७३, एलेस क्यरी ६१, ट्राभिस हेड ३९)। जसको जवाबमा भारतले ५  विकेटको क्षतिमा २६५ रन बनायो (कोहली ८४, अय्यर ४५, के एल राहुल  ४२*) । भारतका लागि समीले ३ विकेट, वरुण र जडेजाले २-२ विकेट लिए। भारतले अष्ट्रेलियालाई ४ विकेटले  पराजित गरेको हो । 

    virat.jpg
    च्याम्पियन्स ट्रफीमा विराट कोहलीको ८४ रनको इनिङ

    अष्ट्रेलियाले २६५ रनको रक्षा गर्दै भारतलाई खासै नर्भस क्षणहरू दिन सकेन। बिराट कोहली आउट हुदा भने मैदान सुनसान भएको थियो। विराट कोहलीले अष्ट्रेलियालाई पराजित गर्दा शानदार ब्याटिङ प्रदर्शन गर्दै ९८ बलमा ८४ रन  बनाए । तर बलियो ब्याटिंग लाइन अप भएको भारतले सजिलै खेल आफ्नो हातमा पार्यो। भारतले अन्ततः अष्ट्रेलियालाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। अब सम्भवतः भारत आईसीसी च्याम्पियन्स ट्रफीबाट एक कदम टाढा छ। अर्को सेमीफाइनलमा न्युजिल्यान्ड र साउथ अफ्रीकाका एक अर्कासंग प्रतिस्पर्दा गर्दै छन्। मार्च ९ मा हुने फाइनलमा भारतले दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको अर्को अन्तिम चारको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend