२०८३ श्रावण ११ गते सोमवार

images

गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१

  • काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनुभएका मन्त्री लेखक मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गर्नुभएको हो । 

    निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताउनुभयो ।

    minister.jpg
    गौतमबुद्ध अनतर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुहुँदै गृहमन्त्री रमेश लेखकसहित सुरक्षा अधिकारी ।

     

    गृहमन्त्री लेखकले भन्नुभयो, "गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।"

    उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसी व्यक्त गर्नुभयो । "अहिले मलाई बडो खुसी लागेको छ’ उहाँले भन्नुभयो, "एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ ।" यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ । 

    गोरखापत्रबाट सीता काफ्ले साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend