२०८३ भाद्र २७ गते शनिवार

images

भारतले न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियासँग सेमिफाइनलको तय

भारतले न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियासँग सेमिफाइनलको तय

आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१

  • काठमाडौं । दुबईमा जारी आइसीसी च्याम्पियन्स ट्रफीको समूह ए चरणको अन्तिम खेलमा न्युजिल्यान्डलाई भारतले ४४ रनले पराजित गरेको छ ।

    यो पुरानो जमानाको एकदिवसीय खेल थियो जसमा पहिलो इनिङ्समा नयाँ बल सिम र स्विङ भयो र त्यसपछि क्रमशः सुस्त हुँदै गयो । टस हारेर पहिले ब्याटिंग गर्न आएको भारतले आफ्नो ९ विकेट गुमाई २४९ रन बनायो । रोहित शर्मा, विराट कोहली र गिललाई भारतले सुरुवाती १० ओभर भित्रै गुमायो । त्यसपछि श्रेयस अय्यर र अक्षर पटेलले भारतका इनिङ्स समाले । श्रेयस अय्यरले आफ्नो सबैभन्दा ढिलो अर्धशतक बनाए । 

    जवाबमा न्युजिल्यान्डले केवल २०५ रनमात्र बनाउन सफल भयो। भारतले पहिले नै खेलिरहेका तीन स्पिनरहरूमा वरुण चक्रवर्तीलाई थपेका थिए र उनले पाँच विकेट लिएर खेललाई परिवर्तन गरिदिए । भारतका स्पिनरहरूको आक्रमणको लहरलाई केही समय विलियम्सनले रोकेको थिए । विलियम्सनले १२० बल खेल्दै ८१ रन बनाए । न्युजिल्यान्डले २५ औं ओभरमा २ विकेटको क्षतिमा ९३ रन बनाएको देखेपनि भारतले मध्य ओभरलाई राम्रोसँग नियन्त्रणमा राखेको थियो । भारतका सबै बलरहरूले उत्कृष्ट अनुशासनका साथ बलिङ गरे र वरुणले ५ विकेट लिने क्रममा मात्र ४२ रन दिए ।

    k williamson.jpg
    विलियम्सनको ८१ रन व्यर्थ, २५० रनको लक्ष्य पछ्याउँदै न्युजिल्यान्ड स्पिनसँग पराजित

    समूहको शीर्ष स्थानमा रहेको भारतले अब मंगलबार पहिलो सेमिफाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । न्युजिल्यान्ड र दक्षिण अफ्रिका बुधबार सेमिफाइनल खेल्न पाकिस्तान फर्कनेछन् ।

      

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend