२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • राष्ट्रसंघको महासभामा भारत र चीन भन्दा...

राष्ट्रसंघको महासभामा भारत र चीन भन्दा नेपालको भिन्न धारणा, उभियो युक्रेनको पक्षमा

राष्ट्रसंघको महासभामा भारत र चीन भन्दा नेपालको भिन्न धारणा, उभियो युक्रेनको पक्षमा

सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघको महासभाको छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।

    युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो । यसअघि दुई वर्षअघि राष्ट्रसंघमा मतदान हुँदा नेपालले युक्रेनको पक्ष लिएको थियो ।  अहिले त्यसै नीतिलाई निरन्तरता दिएको छ ।

    युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिए जसमा नेपाल पनि छ । १८ देश विपक्षमा उभिए भने ६५ देश मतदानमा गयल रहे । भारत र चीन पनि गयल बसेका हुन् ।

    यसअघि युक्रेनलाई साथ दिँदै आएको अमेरिकाले भने अडान परिवर्तन गरेको छ । उसले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा सुरु भएको छ ।

    अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश पक्षमा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend